Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

झापा, १५ वैशाख २०८० । झापामा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका-३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका-११ बस्ने ३० वर्षका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका-५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् ।

उनीहरूको साथबाट लागू औषध खैरो हेरोइन ७० ग्राम फेला परेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया