बारा, १२ वैशाख २०८० । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२ हजार ५५२ मत ल्याउनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १९ हजार ९२३ मतका साथ पछ्याइ रहनुभएको छ। यादव र कुशवाहको मतान्तर दुई हजार ६२९ रहेको छ।
तेस्रो स्थानमा नेकपा ९एमाले९ का पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत ल्याउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रमेशप्रसाद खरेल २६ सय ८१ मतका साथ चौंथो स्थानमा हुनुहुन्छ।
एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो। त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको उहाँले बताउनुभयो। वैशाख १० गते भएको उपनिर्वाचनमा ६५।६६ प्रतिशत मतदान भएको थियो।
यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। उपराष्ट्रपति यादव ८२३ मत ल्याएर विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाह १३ हजार ४६८ मत ल्याएर पराजित हुनुभएको थियो। तत्कालीन नेकपा ९माओवादी केन्द्र०का नेता कुशवाह अहिले जनमत पार्टीमा प्रवेश गरेर पुनःचुनाव लड्नुभएको हो।