Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

काठमाडौं, १२ वैशाख २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।

 

तपाईको प्रतिक्रिया