जेबि खड्का
गौरादह, ११ वैशाख २०८० । गौरादहको डिपु चौकदेखि वडा नं.८ को थापा चौक सम्म अस्फाल्क कंक्रिट ओभर ले गर्ने कार्य सम्पन्न भएको छ। पाडजुँगी गौरीगंज सडक खण्ड अन्तर्गत गौरादह डिपु चौक देखि थापा चौक सम्म १० किलोमिटर २ सय ५० मिटर सडक कंक्रिट ओभर ले गरिएको हो।
यस अगाडि निर्माण गरिएको सडकको छेउ भत्किएको र काँही काँही खाल्डाखुल्डी भएको थियो। सडक कंक्रिट ओभर ले गरिए सँगै आवतजावतमा सहज भएको स्थानीय बासिन्दाको भनाइ छ। दक्षिणी क्षेत्रका सडकहरु मध्ये ब्यस्त सडकका रुपमा रहेको पाडाजुँगी गौरीगंज सडकमा सवारीसाधनको चाप बढी छ।मोती दान कन्ट्रक्सन प्रा.लि. का प्रोजेक्ट मेनेजर दिपक श्रेष्ठका अनुसार पहिले भएको सडक बराबर नै अस्फाल्क कंक्रिट गरिएको छ । सडक कंक्रिटका लागि मोतिदान कन्ट्रक्सन प्रा।लि। काठमाडौंले भ्याट सहित ६ करोड २६ लाख ७१ हजार ७ सात सय ९४ रुपैयाँमा जिम्मा पाएको सडक डिभिजन दमक प्रमुख सुरेश पौडेलले जानकारी गराए। सडक कंक्रिट निर्माण सम्पन्न भएपछि सवारीसाधन संचालनमा सहज हुने डिभिजन प्रमुख पौडेलले बताएका छन।विश्व बैंकको लगानीमा निर्माण गरिएको सडक ४ सेन्टिमिटर मोटाई भएको मोतिदानका प्रोजेक्ट मेनेजर दिपक श्रेष्ठले जानकारी गराए। सडक कंक्रिड ओभर ले सम्पन्न भए सँगै दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन।