काठमाडौं, ११ वैशाख २०८० । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार ४६ हजार ६७ मतगणना हुँदा वाग्लेले २३ हजार ९६६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले १३ हजार ८१२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नेकपा ९एमाले०का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ७९५ मत प्राप्त गर्नुभएको छ ।
मत गणना जारी छ ।