Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

काठमाडौँ, ११ वैशाख २०८० । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अन्य प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तर बनाएका छन् । उनी १ हजार ७७३ मतले अगाडि छन् ।

सातवटा वडा रहेको इच्छाकामना गाउँपालिकाको ९ हजार ४४४ मत गन्दा लामिछानेले ४ हजार ३५८ मत पाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा एमाले पहिलो र राजस्वाका लामिछाने तेस्रो नम्बरमा थिए ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका रामप्रासद न्यौपनेले २ हजार ५८५ मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको २ हजार २०५ मत आएको छ । अघिल्लो निर्वाचनमा लामिछानेले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा अत्याधिक मत ल्याउँदै करिब ५९ प्रतिशत मत ल्याएर विजयी भएका थिए । यो पटक पहाडी क्षेत्रबाटै उनी राम्रो मतान्तरमा देखिएका छन् ।

 

तपाईको प्रतिक्रिया