काठमाडौं, १० वैशाख २०८० । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसिरहेको छ ।
मतगणना सुरु गर्नुअघि अहिले सर्वदलीय बैठक बसिरहेको हो ।
उपनिर्वाचनको क्रममा आज सम्पन्न मतदानपछि सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतपेटिकाहरू चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ । मतगणना त्यहीँ गर्ने तयारी भएको छ ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणनासम्बन्धमा आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । उहाँले आजै रातिबाट गणना सुरु हुने बताउनु भयो ।