Online Bichar
शुक्रबार, आषाढ ०१, २०८१ | Friday, June 14, 2024

धनगढी, १० वैशाख २०८० । मोटरसाइकल दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार बिहीबार साँझ राजपुरको ट्राफिक प्रहरी बिटमा ड्युटी जाँदैगर्दा धामीले चलाएको मोटरसाइकल सडकमा रहेको चौपायामा ठोक्किएर दुर्घटना भएको थियो ।

बोराडाँडीमा दुर्घटनामा परी घाइते प्रहरीको उपचारको क्रममा ज्यान गएको जनाइएको छ । सडक नै कब्जा गरेर बस्ने गरेको छाडा चौपाया दुर्घटनाको कारक बन्दैआएको स्थानीयको भनाइ छ । छाडा चौपायाका कारण दुर्घटना बढ्दैगएको छ ।

 

तपाईको प्रतिक्रिया