Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

काठमाडौं, १० वैशाख २०८० । सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ ।

सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान(अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

 

तपाईको प्रतिक्रिया