Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौं, १० वैशाख २०८० । यहि वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको बताउनुभएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिनुभएको महासचिव गौतमले बताउनुभएको हो ।

यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया