Online Bichar
आइतबार, आश्विन १४, २०८० | Sunday, October 1, 2023

सुनसरी, १० वैशाख २०८० । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राइले बताउनुभएको हो।

बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका-९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-७ का १८ वर्षीय राजु गुरागाईको सप्तकोशीमा डुबेर मृत्यु भएको प्रवक्ता राइले बताउनुभएको हो।

सप्तकोशीमा गत बुधबार नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रवक्ता राइले बताउनुभयो।

बराहक्षेत्र मन्दिरमा बुबाको श्राद्ध गर्न आएका न्यौपाने दाजु-भाइ श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका थिए ।

 

तपाईको प्रतिक्रिया