झापा, ५ वैशाख २०८० । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई सेवाबाट निष्कासन गरेको छ । आजदेखि विद्यालयमा हाजिर हुन नदिने गरी उनीहरूलाई सामूहिक रुपमा निष्कासन गरिएको हो । गाउँपालिका कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरूमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक, मावि कम्प्युटर शिक्षक, अनुदान शिक्षक तथा बाल शिक्षक एवम् करार शिक्षकहरूलाई कामबाट निष्कासन गरेको जनाएको छ । गाउँपालिकाको २०७९ पुस २२ गतेको बैठकले सो निर्णय गरेको थियो ।
निष्कासित हुनेहरूमा हरिशंकर गणेश , निमसरि राजवंशी , शिवनारायण राजवंशी , कैलाशकुमार राजवंशी , ममता सिंह , दिलीपप्रसाद राजवंशी , राजु हलवाई , गुलाब हुसेन , तुलसा ढुङ्गेल , नवीन खनाल , प्रमीला राजवंशी , कमला भट्टराई , दिलीप किस्कू , ललिता राजवंशी , सरस्वती राजवंशी , सावित्रा खनाल , सन्ध्यादेवी भण्डारी , अर्चनाकुमारी यादव , लोपनारायण राजवंशी , रेश्मा खातुन , श्रवणकुमार गणेश , आदित्य राजवंशी , सरस्वती सेलिङ, पवित्राकुमारी राजवंशी , पूजाकुमारी राजवंशी , नुसरत कमर , दरवारु राजवंशी , दीपक हलवाई ,मनकुमारी दाहाल,अनिता गणेश , पूजाकुमारी गणेश , नीलिमा राजवंशी , दिपा ढकाल , ललिता राजवंशी , मङ्गलु राजवंशी र राखिटा गणेश रहेका छन् ।
अघिल्लो गाउँपालिका अध्यक्ष अन्जरा आलमको कार्यकालमा नियुक्त भएका अधिकांशले शिक्षण अनुमति पत्र नलिएको जनाइएको छ । त्यस्तै योग्यता नपुगेको पनि जनाइएको छ । यसअघि गत वर्ष कचनकवल गाउँपालिका कार्यालयले ११ जना करार कर्मचारीलाई निष्कासन गरेको थियो ।