जेबि खड्का
गौरादह, ५ वैशाख २०८० । स्थानीय सरकारले वडा भित्र गरिने बिकास निर्माणका कामबाट जनताहरु प्रत्यक्ष लाभान्वित हने योजना छनौट गर्न गौरादह नगरपालिका वडा नं.२ ले अभिमुखिकरण कार्यक्रम गरेको छ।
वडा भित्र रहेका टोल बिकास समितिका पदाधिकारीहरुलाई योजना छनौटका आधार सम्बन्धि वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले प्रशिक्षण दिएका छन। छिटो छरितो र समयमा वडा भित्रका योजनाहरु सम्पन्न गरि वडाको बिकासका लागि वडा नं.२ का वडाध्यक्ष लागि परेका छन। वडा भित्रका योजना समयमै सम्पन्न गरि जनताका काम समयमा गरिनु पर्छ भन्ने अभिप्रायका साथ वडा नं.२ का जनप्रतिनिधि वडा बासिका काम प्रति उत्तरदायी बनिरहेका छन। वडा कार्यलयबाट प्रवाह गरिने सेवामा ढिला सुस्ती हुनु हुदैन र समयमै नागरिकले सेवा पाउनु पर्छ भन्ने धारणा बोकेका वडाध्यक्ष कोइराला कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको काम समयमा गरेर भिड हुन नदिने बताउँछन्।वडा भित्र बसोबास गरेका वडाबासीहरुका आवश्यकता र समस्याहरु प्रति उत्तरदायी बनेर योजना बनाउन टोल बिकास समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन।
वडाध्यक्ष कोईरालाले जनताका आवश्यकता धेरै र स्थानीय सरकार सँग स्रोत साधन सिमित रहेकाले योजना छनौट गर्दा जनताका अति आवश्यक कामलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन।टोल बस्तीबाट छनौट गरिएका योजनाहरुले प्रत्यक्ष रुपमा जनताका आवश्यकतालाई सम्बोधन गरिने योजना छनौट गर्न जानकारी गराएका छन। टोल बिकास समितिका पदाधिकारीहरुलाई योजना छनौट गर्न आर्थिक बिकास,पुर्वाधार बिकास, सामाजिक बिकास, सुशासन तथा संस्थागत बिकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन। वडाबासिहरुले कुनै प्रकारको समस्या महसुस नगरि जनताका काम सहज रुपमा सम्पन्न गर्ने उदेश्य लिएर काम गर्न टोल बिकास समितिहरुलाई गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन।
स्थानीय सरकारको लगानीमा सम्पन्न हुने काम उत्पादन मुखि र छिटो प्रतिफल प्राप्त गर्न सकिने हुनु पर्ने बताएका छन। अभिमुखिकरणमा आम्दानी र रोजगारी बढ्ने, लागत सहभागीता जुट्ने, स्थानीय स्रोत साधन र सीपको प्रयोग हुने दिगो बिकास र वातावरण संरक्षण हुने योजना छनौट गर्न सुझाव दिएका छन।अभिमुखिकरण कार्यक्रममा वडा नं (२ भित्रका ३० जना टोल बिकास समितिका पदाधिकारीहरु सहभागी भएका थिए।