Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

झापा, ४ वैशाख २०८० । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने २९ वर्षीय कूलबहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

कूलबहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा बजारस्थित होटेलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका(३ भोटे पुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया