गौरादह, २ वैशाख २०८० । नेपाली काँग्रेस गौरादह नगर समितिले शुभकामना आदान-प्रदान तथा क्यालेन्डर विमोचन गरेको छ । गौरादह नगर समितिले नयाँ वर्ष २०८० को अवसर पारेर शनिबार वि.पि स्मृती भवनमा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन गरेको हो ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति देउमान थेवेले पार्टी संगठन विस्तारका लागि नयाँ सोंच, नयाँ ढंगले, नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताउनुभयो । अबका दिनमा पार्टी संगठनको हरेक संरचनालाई, हरेक गतिविधिलाई, क्यालेन्डरमा राखिएका कार्यक्रमहरुलाई नयाँ ढंगले अगाडि बढाउँदै लानुपर्ने सभापति थेवेले बताउनु भएको छ ।
कार्यक्रममा वि.पि स्मृती प्रतिष्ठान नगर सभापती कोमल ढुंगानाले २०८० साल भरी गरिने नेपाली काँग्रेसका सबै तह, विभाग, शुभेच्छुक संस्थाका गौरादह केन्द्रित कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै, कार्यक्रममा प्रदेश ५ ‘क’ सभापति जिवन कुमार राई, महाधिवेशन प्रतिनिधी रोहित कुमार शाह, क्षेत्रीय सभापति ढुण्डी भण्डारी, कोशी प्रदेश सदस्य फुलवती राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा कार्यक्रममा उपस्थित सबैलाई २०८० सालको क्यालेन्डर वितरण गरिएको थियो । गौरादह नगर सचिव माधव कोइरालाले कार्यक्रम सञ्चालन गनुभएको थियो ।