Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

जेबि खड्का
गौरादह, २९ चैत २०७९ । आदिवासी समुदायहरुले सिरुवा पर्बका अवसरमा मेला लगाइने स्थानमा सरसफाइ गर्न थालेका छन।सिरुवा पर्व नजिकिए सँगै मेला लगाइने महाराज थान क्षेत्रमा स्थानीय बासिहरुले सरसफाइ गर्न थालेका छन।

गौरादह नगरपालिका वडा नं.७ र ८ भित्र रहेका महाराज थानमा सरसफाइ र जर्ण अवस्थामा रहेका महाराज थानका मन्दिर मर्मत गर्ने कार्य भइरहेका छन। घेराबेरा नभएका महाराज थानमा घेराबेरा गरिएको छ। गौरादह नगरपालिका भित्र बैराती, दुधाली, ग्वालडुब्बा, जुरोपानी, पुरानो ग्वालडुब्बाका महाराज थानमा भब्य मेला लगाउने गरिन्छ।

यस क्षेत्रमा रहेका सबै महाराज थान परिसरमा सरसफाइ गरिएको छभने जुरोपानी महाराज थानमा मर्मत र पुरानो ग्वालडुब्बा महाराज थानमा घेराबेरा गरिएको छ।दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुले नयाँ बर्षका अवसरमा सिरुवा पर्व मनाउने गर्दैछन्।सिरुवा पर्व बैशाख १ गते देखि पानी सिरुवा, काद सिरुवा र रङ सिरुवा गरि ३ दिन मनाउने गर्दछन।आदिवासी समुदायहरुले सिरुवा पर्बका अवसरमा कुल पुजाका रुपमा महाराजलाई पुजाआजा गर्ने र भाकल अनुसारका सामग्री चढाउने गर्दछन। महाराजलाई सम्झेर पुजा गर्ने स्थानमा जम्मा भएका फोहोर बस्तुहरुलाई हटाएर सफा राख्न स्थानीय बासिन्दाहरु सक्रिय भई सरसफाइमा जुटेका छन। महाराज थान सरसफाइ गर्ने क्रममा बुधबार गौरादह-७ को दुधाली महाराज थान परिसरमा सरसफाइ गरिएको छ।

यस क्षेत्रमा दुधाली महाराज थानमा सबै भन्दा ठुलो मेला लाग्ने गर्दछ। करिब एक बिघाको क्षेत्रमा रहेको मेला स्थान सफाइ गरिएको छ। दुधाली र जाम्बाडी टोल बिकास संस्थाको संयुक्त आयोजनामा सरसफाइ गरिएको दुधाली टोल बिकास संस्थाका अध्यक्ष रघुनाथ राजवंशीले जानकारी गराएका छन। सरसफाइमा उज्यालो समाजका पदाधिकारीहरु, प्रहरी, संघ संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाहरुको सहभागीता रहेको जाम्बाडी टोल बिकास संस्थाका अध्यक्ष सीताराम खड्काले जानकारी गराएका छन। सरसफाइ कार्यका लागि सहभागीहरुले हातमा कुचो, झाडु, बाल्टी, फोहोर संकलन गर्न त्रीपाल लिएर सहभागी भएको समाज सेवी राजेस राईले जानकारी गराएका छन। संकलन गरिएको फोहोर बस्तुलाई महाराज थान पछाडिको भागमा आगो लगाई नष्ट गरिएको समाज सेवी टेक प्रसाद अधिकारीले जानकारी गराएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया