रौतहट, २९ चैत २०७९ । रौतहटको गरुडा बजारमा गोली चल्दा एक जना घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच बुधबार भएको झडपमा गोली लागेर गरुडा नगरपालिका वडा नम्बर – ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएको हुन् ।
उनको दाहिने हातमा गोली लागेर घाइते भएका हुन् । यादवलाई उपचारका लागि अस्पताल लागिएको छ । स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो । सोही क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।