काठमाडौँ, २७ चैत २०७९ । आफ्नै घरमा काम गर्ने १४ वर्षीया नाबालिगमाथिको बलात्कारमा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिनाको कैद सजाय भएको छ ।
जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले चटौतलाई जेल सजायका अतिरिक्त पीडितलाई ८ लाख क्षतिपूर्ति भराउन फैसला गरेको प्रवक्ता राजेन्द्र लुइँटेलले जानकारी दिए ।
आफ्नै संरक्षणमा रहेकी नाबालिगमाथि बलात्कार गरेको पुष्टि भएपछि चटौतलाई १८ वर्ष लामो कैद सजायको फैसला भएको हो । लामो समयदेखि आफ्नै घरधनीबाट बलात्कारमा परे पनि बालिका न्यायिक प्रणालीको ढिलाइको सिकार र परिवारकै सदस्यको चर्को दबाबमा परेकी थिइन् ।