Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

रौतहट, २६ चैत २०७९ । रौतहट मा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । माधवनारायण नगरपालिका–४ मानपुरको बिसुनपुर्वा गाउँमा आइतबार भएको भीषण आगलागीमा २१ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अुनसार आगलागीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्न लगायत लत्ताकपडा, नगद र गरगहना जलेर क्षति भएको छ ।

आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो । सुरक्षाकर्मी र स्थानीयहरू मिलेर वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् ।

 

तपाईको प्रतिक्रिया