Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

काठमाडौं, २४ चैत २०७९ । सरकारले कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले लिम्वुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति दिने निर्णय पनि भएको जानकारी दिनुभयो ।

बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत् पक्षसँग वार्ता गरेर समाधान खोज्ने निर्णय समेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया