Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, २२ चैत २०७९ । झापामा प्रहरीले नक्कली कागजपत्र सहित ३ वटा मोटरसाइकल र १ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-१का ४४ वर्षिय जगत बहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब निरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

लिम्बुले नक्कली ब्लुबुक बनाई मोटरसाइकहरू बिक्रि बितरण गरी रहेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारी झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार अर्जुनधारा नगरपालिका३ खुदुनाबारी स्थितबाट पक्राउ गरेको जनाइएको छ ।

बरामद सामानहरू 

१. बाग्मती प्रदेश ०२-०३८ प ३१६३ नम्बरको KTM डुक मोटरसाइकल र ऐ.को ब्लुबुक थान-१
२. बाग्मती प्रदेश ०२-०३६ प १६५३ नम्बरको KTM डुक मोटरसाइकल र ऐ.को ब्लुबुक थान-१
३. बाग्मती प्रदेश ०२-०३५ प १६६६ नम्बरको 220CC को पल्सर मोटरसाइकल र ऐ. को ब्लुबुक थान-१
४. न्यु धनुषा ट्रेड्रसको पान बिल थान ८, ऐ. को स्टाम्प थान-१ र स्टाम्प प्याड थान-१
५. न्यु धनुषा ट्रेडर्सको खरिद बिक्रि सम्झौता पत्र थान-१
६. जगत बहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र थान-१

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया