Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, २२ चैत २०७९ । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ ।

कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्ति बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेलसहितको कार्यदलले तयार पारेको उक्त कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी छ ।

खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताउनुभयो ।

१० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ ।

 

तपाईको प्रतिक्रिया