Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

जेबि खड्का
गौरादह, २० चैत २०७९ । गौरादह नगरपालिका वडा नं.७ स्थित पुरानो ग्वालडुब्बामा निर्माण गरिएको बजरङ्गबली हनुमान मन्दिरमा राखिएको मुर्ति अनावरण गर्नुका साथै मन्दिर उद्घाटन गरिएको छ।

झापा क्षेत्र नं.६ का संबिधान सभा सदस्य दिपक कार्कीले एक औपचारिक कार्यक्रमका बिच मन्दिरको उद्घाटन गरेका छन। उद्घाटन गर्दै कार्कीले धर्मले हामीलाई अनुशासन सिकाउदै भाइचाराको सम्बन्ध सुध्रिड गराउने भएकाले मुलुक भित्र बसोवास गरेका सबै धर्म आवलम्बीहरुलाई समना दृष्टिकोणले हेरिनु पर्ने धारणा राखेका थिए। धर्म, संस्कृतिको उत्थानले समाज रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ थियो। यस क्षेत्रमा गौरादह बासीले आफुलाई स्थापित गराएको स्मरण गर्दै कार्कीले समाजसेवा र सर्वसाधारण नागरिकको पक्षमा आफुले काम गर्ने धारणा राखेका थिए।

गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीले गौरादह नगरपालिकामा ठुला लगानी कर्ता व्यावसायिलाई ५ बर्षको कर छुट गर्ने बताएका थिए।समाज सेवी लक्ष्मी संग्रौलाले यस क्षेत्रको बिकासका लागि गौरीगंजको छोटी भंसारलाई स्तरोन्नती गर्न आफुले पटकपटक मुख्य मन्त्री सँग पहल गरेपनि सुनुवाइ नभएको गुनासो गरेका थिए। यस क्षेत्रबाट गाई तस्करी हुने गरेको बताउदै उहाँले त्यसलाई रोक्न प्रशासनले समेत सहयोग नगरेको धारणा राखेका थिए।

गौरादह नगरपालिकाका पुर्ब मेयर रोहित कुमार शाहले यस स्थानमा मन्दिर निर्माण गर्न आफ्नो कार्यकालमा ११ लाख १८ हजार स्थानीय सरकारका तर्फबाट सहयोग गरेको धारणा राखेका थिए।

पुरानो ग्वालडुब्बा चौकमा हनुमान मन्दिर निर्माण गर्न २०७२ साल कार्तिक १६ गतेबाट स्थानीय बासिहरुले शिव नारायण माक्राको अध्यक्षतामा समिति गठन गरेका थियो। अच्कल्टो अवस्थामा रहेको निर्माणाधीन भवनलाई पुर्णता दिन समितिको पहलमा चन्दा संकलन गरिएको थियो। स्थानीय बासिन्दाबाट संकलन भएको २ लाख १९ हजार ७ सय १२ र गौरादह नगरपालिकाबाट ११ लाख १८ हजार बाट मन्दिर निर्माण सम्पन्न गरिएको निर्माण समिति अध्यक्ष शिव नारायण माक्राले जानकारी गराएका थिए।

मन्दिरमा घण्टी दाता र निर्माणकार्यमा ५ हजार भन्दा माथि आर्थिक सहयोग गरेका २८ जनालाई सम्मान गरिएको थियो। सोही अवसरमा मन्दिरमा राखिएको हनुमानको मुर्तिलाई अनावरण गरिएको थियो। मन्दिरमा मुर्ति स्थापना र उद्घाटन गरिए सँगै २१ गते मंगलबार देखि ३६ घण्टे अष्टजाम लगाइने अष्टजाम समितिले जनाएको छ। अष्टजाम संयोजक भरवत्ती राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सभा सदस्य अमर बहादुर बिष्ट, गौरादह नगरपालिका पुर्ब उपमेयर गिता भेट्वालले शुभकामना मन्तब्य राखेको कार्यक्रममा मन्दिर निर्माण समितिका सचिब डिल्ली राजवंशीले स्वागत मन्तब्य राखेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया