गौरादह, १९ चैत २०७९ । झापामा लागुऔषध मुद्दाको फरार प्रतिबादी लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलगाउँपालिका-४ का २७ वर्षिय पुष्प चेमजोङ रहेका छन् । चेमजोङलाई जिल्ला अदालतले २०७७ माघ ५ गते ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।
लागुऔषध मुद्दामा फरार रहेका चेमजोङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेलगत्तै फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा झापामा उपस्थित गराइएका उनलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार पठाइएको प्रवक्ता रिजालले बताउनुभयो