Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

रौतहट, १९ चैत २०७९ । नगरप्रमुखको नामबाट विद्यालय शिक्षा परीक्षा (एसईई) को गणित विषयको परीक्षा दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आइतबार रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसईइ परीक्षा दिंदै गरेका गरुडा–६ पोठीयाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साह नगरप्रमुखको ज्वाई रहेको जनाइएको छ ।

कमल पेशाले इन्जिनियर रहेको स्रोतले बताएको छ । मौलापुर नगरपालिस्थित लक्ष्मीनिया माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट कमललाई प्रहरीले पक्राउ गरेको हो । परीक्षा सञ्चालन भइरहेको समयमा केन्द्रमा परीक्षा दिइरहेका कमलप्रति अनुगमन टोलीलाई शंका लागेर चेकजाँच गर्दा कमल नक्कली परीक्षार्थी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

नगरप्रमुख प्रेमलालको प्रवेश पत्रमा रहेको सिम्बोल नम्बर ३५०३७२८ बाट कमलले परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कमलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुडामगरले बताउनुभयो ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया