शान्ति सुब्बा
गौरादह, १८ चैत २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टीकि केन्द्रिय सदस्य तथा सांसद सोभिता गौतमले घोषणा पत्रमा उल्लेख भएका न्यूनतम साझा कार्यक्रमलाई सरकारले आगामी वजेटमा समावेश गर्छ भन्ने कुरामा विश्वास दिलाएका कारण रास्वपाले सरकारलाई समर्थन गरेको बताउनु भएको छ ।
झापाको गौरादह बजारमा शनिबार भएको राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह नगर समितिको आम भेलामा उक्त कुरा बताउनुहुँदै जुन दिन न्यूनतम साझा कार्यक्रम भन्दा बाहिर गएर सरकारले कामहरु गर्न थाल्दछ, जनअपेक्षा भन्दा पर गएर कामहरु गर्न थाल्छ त्यतिबेला रास्वपा सरकारबाट निस्किने साथै प्रतिपक्ष भएर सरकारलाई खबरदारी गर्नका लागि तयार रहने बताउनुभएको छ । यस्तै, विदेशीएका युवापुस्ताहरुलाई फिर्ता बोलाउने आफ्नो एउटै मात्र उद्देश्य रहेको बताउँदै घरको छानो टाल्न गएका नेपालीहरु अब बेथितिको भ्वाँग टाल्न स्वदेश फर्कनुपर्ने बताउनु भएको छ ।
यस्तै कार्यक्रममा केन्द्रिय सदस्य रमेस प्रसाईंले हिजोको दिनमा व्यवस्था फेर्न यो ठाउँलाई लाल किल्ला बनाइयो अब देशको अवस्थालाई फेर्न यो ठाउँलाई घण्टी किल्ला बनाउनुपर्ने अपिल गर्नुभएको छ । यदि आफु जसरी नै जन समुदायमाझ उभिएर आफ्नो पार्टीको एउटा पनि भ्रष्टाचारको प्रकरण देखियो भने शंकास्पद मात्र भयो भने पनि आफु पार्टीमा रहन्न भन्ने कुरा काँग्रेस वा एमालेको कुनै पनि सदस्यले भन्न सक्छ भने उनिहरुलाई विश्वास गर्दा हुन्छ, सक्दैनन भने एकपटक घण्टीलाई विश्वास गनुहोस भनेर आम जनसमुदायलाई आग्रह गर्नुभयो ।
यस्तै, रास्वपाका कोशी प्रदेश सदस्य नारायण प्रसाद घिमिरेले अहिले राजनितीलाई पेशा बनाएका कारण लगानीकर्ता, कृषक लगायत कुनै पनि क्षेत्रको संरक्षण नभएकाले सबै पेशाकर्मिहरु आफनो पेशालाई जोगाउँदै सामाजिक, राजनितिक क्षेत्रमा पनि प्रवेश गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा रास्वपा का गौरादह नगर समितिका व्यक्तित्वहरु आम जनसमुदाय को उपस्थिती रहेको थियो ।