Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १५ चैत २०७९ । झापाको गौरादहमा युवा, राष्ट्र र आध्यात्मिकता कार्यक्रम हुने भएको छ । नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाको आयोजनामा कार्यक्रम हुने भएको हो ।

यहि चैत १७ गते शुक्रबार गौरादह४ स्थित मिलन चोकमा रहेको नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाको भवनमा कार्यक्रम सम्पन्न हुने मानव धर्म झापा गौरादह शाखाका अध्यक्ष कृष्ण शर्माले बताए ।

कार्यक्रममा क्लब हिमालयन टाइगर गौरादह , गौरादह जेसीज , लायन्स क्लब अफ गौरादह , सारथि युवा क्लब गौरादह ,लायन्स कलब अफ गौरादह युनाइटेड , लियो क्लब अफ गौरादह , धिमधिमे युवा क्लबको सहयोग रहेको छ ।

कार्यक्रममा प्रमुख वक्ता वरिष्ठ न्युरोलोजिस्ट , आध्यात्मिक वक्ता तथा नेपाल मानव धर्म सेवा समितिका सल्लाहकार डा. जयप्रकास अग्रवालका साथै नेपाल मानव धर्म सेवा समितिका युवा संगठनका केन्द्रिय संयोजक उत्तम गिरिको समेत उपस्थित रहने आयोजकले बताएको छ ।

 

तपाईको प्रतिक्रिया