काठमाडौं, १४ चैत २०७९ । उच्च अदालत पाटनले आर आर क्याम्पस, नेपाल कमर्स क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ ।
दायर रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
त्रिविले गत ५ चैत गते स्ववियु चुनावको मिति तोके पनि विद्यार्थी संगठनहरुबीच विवाद भएपछि यी क्याम्पसमा चुनाव रोकिएको थियो ।