Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १४ चैत २०७९ । झापाको गौरादहमा एक दिने तनाव व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गौरादह जेसीजको आयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा मानव जीवनमा आइपर्ने तनावको पहिचान र समस्या समाधानका उपायका बारेमा अभिमुखिकरण गरिएको थियो।

गौरादह नगरपालिका वडा न १ को सभाहलमा संचालन गरिएको १ दिवसीय तनाव व्यवस्थापन कार्यक्रम नगरपालिका भित्रका संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक, शैक्षिक ब्याक्तित्वहरु सहित ७५ जना सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरुलाई गौरादह-३ निवासी डा. स्वेता भण्डारीले सहजिकरण गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि डा. तिलक खनालले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा गौरादह नगरपालिका वडा नं.१ वडा अध्यक्ष नगेन्द्र भण्डारी, गौरादह नगरपालिका वडा न ३ का वडा अध्यक्ष दिलिप भण्डारी , गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जित बहादुर कार्की, जेसीज आस्था सचिब दुर्लभ कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमकि संयोजक गौरादह जेसीज वर्ष २०२३ कि जनसम्पर्क अधिकारी जेसी डेनिस कडेरियाको सभापतित्वमा सम्पन्न भएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया