Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, १२ चैत २०७९ । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३/४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

 

तपाईको प्रतिक्रिया