Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १२ चैत २०७९ । ईन्जिनियरिङ काउन्सिलले पहिलो पटक ईन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ ।

आइतबार पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा ईन्जिनियरिङ काउन्सिलले ईन्जिनियरिङ उत्तिर्ण भएका ईन्जिनियरहरुले ईन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन परीक्षा सुरु गरेको हो ।

काउन्सिलले लिएको पहिलो परीक्षामा ईन्जिनियरिङ उत्तिर्ण गरेर बसेका २ हजार ६ जना ईन्जिनियर सहभागि छन् । परीक्षाको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ईन्जिनियर बन्नको लागि निष्पक्षता, गुणस्तरियताको ग्यारेण्टी गर्ने विधि प्रयोग भएको बताउनुभयो ।

नेपाल ईन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले ईन्जिनियरिङ उत्तिर्ण भएका ईन्जिनियरहरुले ईन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको जानकारी दिनुभयो ।

काउन्सिलका अध्यक्ष पदम शाहीले भर्खरै संशोधन भएको ऐन अनुसार काउन्सिलले लिने परीक्षा उत्तिर्ण भएपछि मात्रै ईन्जिनियर व्यवसायको रुपमा काम गर्न पाउने भएको बताउनुभयो ।

ईन्जिनियरिङ काउन्सिलले विगतमा ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट ईन्जिनियरिङ उत्तिर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर ईन्जिनियरको रुपमा काम गरिरहेका थिए । तर, अब ईन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।

 

तपाईको प्रतिक्रिया