Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

नुवाकोट, ११ चैत २०७९ । बैंकिङ कसुरमा मोरङ उर्लाबारीका विवश पाण्डे पक्राउ परेका छन् । नुवाकोट तादीगाउँपालिका-३ आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटारबाट ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ बैंकिङ कसुरको अपराध गरेकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धानका लागि नुवाकोट ल्याइएको प्रहरीले जनाएको छ ।

लुकिछिपी काठमाडौंस्थित महाराजगंजमा बसेको अवस्थामा उनलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरी नुवाकोट ल्याएको जनाएको छ । उक्त संस्थाबाट निज पाण्डेले विभिन्न मितिमा किर्ते कागजात तयार पारी अनधिकृत रुपमा रकम निकालेको र मातहतका कर्मचारीहरुलाई प्रभावमा पारी झुक्याई रकम दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया