Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

हेटौंडा, ११ चैत २०७९ । हेटौंडामा नेपाली कांग्रेस निकट संगठन नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन शनिबारदेखि सुरु भएको छ।

सोही अधिवेशको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अहिले मुलुक अप्ठ्यारो स्थितिमा भएको बताउनुभएको हो । यो स्थितिबाट देशलाई मुक्त गर्न कांग्रेसले नै नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेसको नेतृत्वमा देशको चरम आर्थिक संकटबाट पार लगाउन नसकेमा कांग्रेस नालायक हुने उहाँको तर्क छ ।

नालायकहरुले देश चलाई रहनुपर्छ सिंहदरबारमा बस्न पर्छ भन्ने आफूलाई नलागेको उहाँको भनाइ थियो । इतिहासमा कांग्रेस पार्टीलाई नालायक बन्न दिदैनौं भन्ने संकल्प गर्नुपर्ने उहाँले बताउनुभयो । संघीय सरकारमा र प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री हुनेले भ्रस्टाचार गर्ने छुट नपाउने, मन्त्रीहरुको कार्यशैलीको निगरानी गर्ने पनि उहाँले बताउनुभएको छ ।

नेपाल शिक्षक संघको दोस्रो अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट शिक्षकहरु सहभागिता भएका छन् । सोही अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने उपसभापति गुरूङले बताउनुभयो । अधिवेशन आइतबारसम्म संचालन हुने भएको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया