गौरादह, ९ चैत २०७९ । गौरादह-१ स्थित जानकीश्वर शिवालय मन्दिर परिसरमा अग्नी कुण्ड स्थापना गरिएको छ। मन्दिर परिसरमा निर्माण गरिएको अग्नी कुण्डमा मन्थन बिधिबाट अग्नी स्थापना गरि कर्म गर्न सुरु गरिएको छ। अग्नी संस्कार गरेर हवन गरि कर्म गरिएको छ।
गौरादहमा अग्नी होम कुण्ड स्थापना गरि कार्यनयनमा ल्याएको पहिलो रहेको मन्दिर ब्यबस्थापन समितिका महासचिव देबेन्द्र कुमार खड्का बताउँछन् । मन्दिरमा अग्नी कुण्ड स्थापना गरिए सँगै विवाह, बर्तबन्ध लगायतका कर्मकाण्ड गर्न सहज भएको छ। घर तथा पार्टी प्यालेसबाट गरिदै आएको बिबाह बर्तबन्ध लगायतका कार्यहरु मन्दिर बाटै गर्न सकिने महासचिव खड्काले बताएका छन।
अग्नी कुण्ड संचालनमा आएसँगै सर्वसाधारण नागरिकहरुका लागि पनि नि:शुल्क सेवा उपलब्ध गराइने महासचिव खड्काको भनाइ छ।अग्नी कुण्ड स्थापनाको अवसर पारेर गौरादह-२ का कृष्ण ढुङ्गाना का छोराको बर्तबन्ध र छोरीको गुन्युचोली गरिएको छ। मन्दिरमा जानकीश्वर गुरुकुल बिद्यालय संचालन भइरहेको छ। गुरुकुल बिद्यालयमा उत्तर माध्यामा सम्मको पढाइ संचालन गरिने बिद्यालयका प्रधानाध्यापक छबिलाल ढुङ्गानाले जानकारी गराएका छन। गुरुकुल बिद्यालयमा ३१ जना बिद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक ढुङ्गानाले बताएका छन।