Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, ५ चैत २०७९ । झापाको गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। गौरादह कृषि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई प्यानलसहित विजयी भएका हुन् ।

सोही प्यानलका तर्फबाट सचिव पूर्णबहादुर राना १३८, कोषाध्यक्ष झरना सुवेदी १३९ तथा सदस्यहरुमा प्रकाश पौडेल १३०, सविन कटुवाल १२७, सुनिता बस्नेत १२३, मनिचकुमार राई १४२ र रिकिताकुमारी चौधरी १३९ मत ल्याई विजयी भएका छन् । नेविसंघका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र काफ्लेले भने ९९ मत पाएका छन् । त्यहाँ अनेरास्ववियु र नेविसंघको दुईवटा प्यानलले उम्मेदवारी दिएको थियो । झापाका १० वटा क्याम्पसमध्ये सबैभन्दा बढी प्रतिशत मत ९९७ प्रतिशत० गौरादह कृषि क्याम्पसमा खसेको थियो । गौरादह कृषि क्याम्पसमा कुल २३६ मतदाता रहेकोमा २२९ मत खसेको जनाइएको छ ।

त्यस्तै गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ईस्तव हुसेनले ११८ मत ल्याई प्यानलसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रोशन यादवले मात्र ६८ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका निरबहादुर प्रधान १०८ , कोषाध्यक्षमा निरज माझी १०४, सदस्यहरुमा ममताकुमारी राजवंशी १०६, समीक्षा कटुवाल ९८ र कृष्णप्रसाद गन्गाई ९८ मत ल्याई निर्वाचित भएका छन् ।

गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको थियो । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियुमा यसअघि नेविसंघले अध्यक्ष जितेको थियो । आइतवारको निर्वाचनमा गौरीगञ्ज क्याम्पसमा कुल २०० मतदातामध्ये १८६ अर्थात ९३ प्रतिशत मत खसेको थियो ।

 

तपाईको प्रतिक्रिया