Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, ३ चैत २०७९ । यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

त्रिवि स्ववियु निर्वाचन अधिकृतको कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएको हो ।

निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् ।

त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४ सय २ जना मतदाता विद्यार्थी रहेका छन्।

तपाईको प्रतिक्रिया