Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

मोरङ, २ चैत २०७९ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-१ नक्सालबारी बस्‍ने ५७ वर्षीय हेम कर्ण महत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

महतले ५३ वर्षीया श्रीमती देवी महतलाई घरायसी विवादमा धारिलो हतियारले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ ।

 

तपाईको प्रतिक्रिया