Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौं, २५ फागुन २०७९ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

साढे दुई महिनापछि जजिरा एयरलाइन्सको विमान बिहीबार गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । कुबेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको अवतरण गरेको हो ।

सोही विमान बिहीबार बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । जजिरा एअरलाइन्सले अब मंगलबार, बिहीबार र शनिबार गरी हप्तामा ३ दिन नियमित उडान गर्ने भैरहवा विमानस्थलले जनाएको छ।

गत जेठ २ गते विमानस्थल उद्घाटनसँगै नियमित उडान गर्दै आएको जजिराले गत पुस ६ गते मौसमको कारण उडान स्थगित गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको भैरहवा विमानस्थलबाट दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ ।

विमानस्थल पूर्ण क्षमतामा संचालन नहुँदा मासिक ३० लाख रुपैयाँ घाटामा रहेको विमानस्थल कार्यालयले जनाएको छ । यता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि नियमित रुपमा रात्रीकालिन उडान हुने भएको छ ।भीएफआर प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रात्रीकालीन उडान सुरु गर्न लागिएको हो ।

वुद्ध एअरले नियमित रात्रीकालीन उडान गर्न लागेको हो । बिहीबार काठमाडौं, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट वुद्ध एअरका ४ वटा विमानले पोखरामा रात्रीकालीन अवतरण गर्ने पोखरा विमानस्थलले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया