Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

झापा, २५ फागुन २०७९ । झापाको बिर्तामोडमा लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक युवती र दुई युवक रहेका छन् । बिहीबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका- २ बस्ने २० वर्षीय विश्वास सङ्ग्रौलाको कोठामा सङ्ग्रौलासहित बिर्तामोड- ४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका- ८ बस्ने २० वर्षीया अनिशा मण्डल शङ्कास्पद अवस्थामा बसिरहेका थिए ।

गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अनिशाको साथबाट ८ ग्राम ब्राउन सुगर र नगद ११ हजार ६००, मोबाइल २ थान, डिजिटल तराजु १ थान फेला परेको थियो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया