Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २५ फागुन २०७९ । २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ ।

बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी हुनुभएको हो । नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका सुवावचन्द्र नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो । पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ । २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्नु भएका पौडेल राष्ट्रपतिमा भने एकै पटकको प्रयासमा सफल हुनुभयो ।

२०६४ मा संविधान सभामा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएपछि पौडेल २०६५ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । २०६७ साउनमा प्रधानमन्त्री चयनका लागि प्रतिस्पर्धा भएको थियो । कांग्रेसबाट प्रधानमन्त्रीमा पौडेल, नेकपा माओवादीबाट हालका प्रधानमन्त्री रहनु भएका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिनु भएको थियो । तीनै जनाबीच ७ पटकसम्म प्रतिस्पर्धा भएपछि दाहाल प्रधानमन्त्रीको रेसबाट बाहिरिनु भयो । तीनै जनाले संवैधानिक प्रावधान अनुसार आवश्यक मत ल्याउन सकेनन् ।

दाहाल बाहिरिएपछि पौडेल र खनालबीच १७ पटकसम्म प्रतिस्पर्धा भएको थियो । त्यसपछि खनालले प्रधानमन्त्री हात पार्नुभयो । पौडेललाई भने सून्य हात लाग्यो । तर राष्ट्रपतिमा भने पौडेललाई एकै पटकको प्रतिस्पर्धामा सफलता हात लागेको छ । पौडेललाई अब सबैको साझा भएर भूमिका निर्वाह गर्ने जिम्मेवारी आइलागेको छ ।

 

तपाईको प्रतिक्रिया