Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २४ फागुन २०७९ । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ ।

फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो । लोप हुन लागेको संस्कृति र परम्परा संरक्षण गर्न हप्ताको दुई दिन जातीय पोशाक अनिवार्य गरिएको हो ।

गुरुङ, तामाङ, लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित समुदायका विद्यार्थी पढ्ने यस विद्यालयमा केही सीमित बाहेक यहाँ अधिकांश विद्यार्थी र शिक्षकहरू हप्ताको दुई दिन मौलिक पोशाकमा सजिएर आउने गरेका छन् । विद्यालय पोशाक भन्दा जातीय पोशाक लगाउन खर्चिलो हुने भए पनि संस्कृति र परम्परा संरक्षण गर्न पाउँदा विद्यार्थी पनि खुशी भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईले दावी गर्नुभयो ।

यस अभियानले पोशाक लगाउने सीपको विकास हुनुका साथै शिक्षाको व्यावहारिक ज्ञान पनि प्राप्त हुने विद्यालयको बुझाइ छ ।

 

तपाईको प्रतिक्रिया