Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

काठमाडौं, २२ फागुन २०७९ । काठमाडौं उपत्यकामा उच्छृङ्खल तवरले होली खेलेको आरोपमा २ सय १८ जना पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने बताइएको छ ।

तपाईको प्रतिक्रिया