झापा, २२ फागुन २०७९ । घाँटीमा मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ ।
आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।