Online Bichar
शुक्रबार, जेठ ३१, २०८२ | Friday, June 13, 2025

झापा, २१ फागुन २०७९ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ईलामका १ जना पक्राउ परेका छन् । आईतबार(आज)३ः४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका वडा नं.६ मेचिपुल स्थितबाट ईलाम नगरपालिका वडा नं.१२ का २४ वर्षिय सुजन बाला राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४४ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका राई लाई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।

तपाईको प्रतिक्रिया