Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

काठमाडौं, २१ फागुन २०७९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज (आइतबार) सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच शहीदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान् शहीद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।” रासस

 

तपाईको प्रतिक्रिया