Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

तेह्रथुम, १९ फागुन २०७९ । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाका १४ घर अग्नीपीडित परिवारलाई प्रतिनिधिसभा सदस्य सीता गुरुङले शुक्रबार राहत सामग्री वितरण गरेकी छन् ।

अग्नीपीडितका घर आँगनमै पुगेर सांसद गुरुङले ५४ हजार रुपैँयाँ बराबरको राहत सामग्री वितरण गरेकी हुन् । सांसद गुरुङले पहिलो महिनाको पारिश्रमिकबाट कम्बल र खाना पकाउने प्रेसर कुकर वितरण गरेकी हुन् । थप राहतका लागि केन्द्र सरकारसँग पहल गर्ने सांसद गुरुङले आश्वासन दिइन् ।

गत फागुन १२ गते भएको आगलागीमा परी चुहानडाँडा हात्तीआहाल गाउँका १४ घर जलेर नष्ट हुँदा ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । आगलागीपछि १४ घरका ४१ जना विस्थापित भएका छन् ।

 

तपाईको प्रतिक्रिया