Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, १९ फागुन २०७९ । झापाको मेचीनगरमा सुपारी लोड गरेको गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ स्थित दक्षिणबाट उत्तर तर्फ लैजाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस लगायतको आवश्यक कागजात नभएको दुई हजार केजी सुपारीसहित गाडी चालक दमक नगरपालिका– १ निवासी २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

सुपारी, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीले बुझाइसकेको डीएसपी रिजालले बताए । त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट ६० केजी सुपारी पनि बरामद गरेको छ । नेपालबाट अवैध रुपमा भन्सार छलेर भारत तर्फ लैजाँदै गरेको अवस्थामा सो परिमाणको सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया