Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

काठमाडौं, १७ फागुन २०७९ । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो ।

८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन ।

सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आईनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवाष नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्नु भएको छ ।

तपाईको प्रतिक्रिया