काठमाडौं, १३ फागुन २०७९ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्नु भएको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि शनिबार नै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।