Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, ११ फागुन २०७९ । झापा प्रहरीले अवैध बाख्राहरु सहित पिकअप गाडी र २ जना मानिस नियन्त्रणमा लिएको छ । झापा गाउँपालिका-१ लसुना स्थित बाट झापा गाउँपालिका-३ का २६ वर्षिय सेख असरत र २९ वर्षिय रकमुदिन मियालाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार ९ः५५ बजेको समयमा नेपाल भारत सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मे.१ च.४७३३ न.को पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा अन्दाजी ७७ हजार ५०० मूल्य बराबरको ३१ वटा बाख्राहरु अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादैं गरेको अवस्थामा फेला परेको थियो । अन्दाजी १० लाख मूल्य बराबरको गाडी र ७७ हजार ५०० मूल्य बराबरको ३१ वटा बाख्राहरु गरी १० लाख ७७ हजार ५०० बराबरको मूल्य पर्न आउने प्रहरीले जनाएको छ ।

बाख्राहरु, गाडी र सोही गाडीको चालकहरु असरत र मियालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी आज मेचि भन्सार कार्यालय काकरभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया